आर्थिक गणना२०७५ को प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै


काठमाडौं, भदौ २८ । केन्द्रिय तथ्यांक विभागले आज राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दैछ । बैशाख १ गतेदेखि शुरु गरी दुई महिना लगाएर संकलन गरेको तथ्यांकको प्रारम्भिक नतिजा सार्वजानिक गर्न लागिएको हो ।

दिउँसो ३ बजे विभागको कार्यालय थापाथलीमा नतिजा सार्वजानिक गर्ने तयारी रहेको विभागका निर्देशक अनिल शर्माले जानकारी दिएका छन । केन्द्रीय तथ्यांक विभागले केन्द्र, प्रदेश तथा स्थानीय तहसम्म योजना तर्जुमा र नीति निर्माण गर्नका लागि आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन आर्थिक गणना गरेको जनाएको छ ।

यस्तै मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न, सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई नीति तथा योजना तर्जुमा गर्न पनि गणनाले सहज हुने विभागको भनाइ छ ।

नेपालमा पहिलो पटक गरिएको राष्ट्रिय आर्थिक गणनामा विभागले ७७ वटै जिल्लामा जिल्ला आर्थिक गणना कार्यालय नै स्थापना गरेर गणकहरु खटाएको थियो ।

यसमा तपाइको मत