डोटीमा बस दुर्घटना हुँदा २८ जना घाईते,१५ जनाको अबस्था गम्भीर


डोटी, भदौ २८ । डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा आज बिहान बस दुर्घटना हुँदा २८ जना घाईते भएका छन् । घाइते मध्ये १५ जनाको अबस्था गम्भीर छ ।

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ९१ १४ नम्बरको यात्रुबाहक बस बिहान ३ बजे अठासीमोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लालबहादुर धामीले जानकारी दिएका छन ।

सडकबाट झण्डै ६० मिटर तल खसेको बसका घाईते सबैको उद्धार गरी कैलालीका बिभिन्न अस्पतालमा उपचारका लागि पठाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत