दशैंका लागि खाद्य संस्थानले यो वर्ष २ हजार खसीबोका र च्याङग्रा काठमाडौं ल्याउने


काठमाडौं, भदौ २८ । दशैंका लागि खाद्य संस्थानले यो वर्ष जम्मा २ हजार वटा खसीबोका र च्याङग्रा काठमाडौं उपत्यका ल्याउने भएको छ । विगतका वर्षहरुमा ३ देखि ४ हजार वटासम्म खसीबोका र च्याङ्ग्रा ल्याउने गरेकोमा यो पटक घटाइएको खाद्य संस्थानका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिएका छन ।

उनका अनुसार खसीबोका १ हजार र च्याङग्रा १ हजार वटा गरी जम्मा २ हजार खसीबोका तथा च्याङग्रा दशैंको लागि काठमाडौं ल्याइनेछ । ब्यवस्थापनमा कठिनाइ भएका कारण उपत्यकामा खसिबोका कम ल्याउन लागिएको सापकोटाले बताएका छन ।

१ हजार वटा च्याङग्रा मुस्ताङबाट ल्याइनेछ भने दाङ र मकवानपुरबाट ५÷५ सय वटका दरले खसीबोका ल्याउने तयारी भएको संस्थानले जनाएको छ । मुल्य निर्धारण भने बजार मुल्य, खरिद मुल्य, ढुवानी लगायतको विश्लेषण गरी निर्धारण गरिने सूचना अधिकारी सापकोटाले जानकारी दिएका छन् । 

यसमा तपाइको मत