निर्मला पन्त हत्या प्रकरणबारे सरकारले शुक्रबार जवाफ दिने


काठमाडौं, भदौ २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै मागेको जानकारीका विषयमा सरकारले शुक्रबार जवाफ दिने भएको छ ।  कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण, रोल्पाका रोहित पुनको हत्या प्रकरण र पत्रकारलाई पक्राउ गरेको विषयमा प्रतिनिधीसभा बैठकमा भोली सरकारले जवाफ दिने कानुनमन्त्री भानुभक्त ढकालले प्रतिनिधीसभा बैठकमा जानकारी गराएका छन ।

कानूनमन्त्री ढकालले घटनामा संलग्न दोषीलाई उचित समयमा कारवाही हुने प्रतिवद्धता व्यक्त गर्नुभयो साथै उनले भोलि हुने संसदको बैठकमा सम्बन्धित मन्त्रीहरुले जानकारी दिने बताएका छन ।

ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गरी रहेको जानकारी दिएका छन ।  त्यस्तै उनले नेपाल तरुण दल रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्याराको खोजी कार्य जारी रहेको बताएका छन् ।

यसअघि निर्मला पन्तको हत्यारा पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन, नेपाल तरुण दल, रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ पर्नुभएका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई रिहा गर्न माग गर्दे काग्रेसले सदन अबरुद्ध गरेको थियो ।

यसमा तपाइको मत