पूर्व जनमुक्ति सेना र हतियारबारे प्रचण्डसँग अफगानी शान्ति टोलीको जिज्ञाशा


काठमाडौं, भदौ २८ । नेपाली शान्ति प्रकियाको मोडल अध्ययन गर्न काठमाडौं आएकोे अफगानी टोलीले आज नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् ।

टोलीले बिहान गरेको भेटमा अध्यक्ष प्रचण्डसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा छलफल भएका छन । प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ मोडल भएको बताउदै नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकरात्मक सन्देश दिएको बताएको उनको सचिवालयले जनाएको छ ।

नेपालको शान्ति प्रक्रियाबाट नेपाली जनताले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी लगायतका उपलब्धी पाएको प्रचण्डको भनाइ थियो । भेटमा अफ्गानिस्तान उच्च शान्ति परिषद्की उपप्रमुख पूर्वमन्त्री डा. हबिबा साराबीले अफ्गानस्तान शान्तिप्रक्रियामा अघि बढेको जानकारी दिँदै नेपालको शान्तिप्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिएका थिए ।

उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेको बताएका छन । भेटमा भ्रमण दलका सदस्यहरुले नेपालमा जनयुद्धको क्रममा हतियारको स्रोत, पूर्व जनमुक्ति सेनासँग भएको हतियारको अवस्था र शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको काम कारबाही बारे पनि जिज्ञासा राखेका थिए ।

यसमा तपाइको मत