नेपाल भारत सिमामा भईरहेको अतिक्रमण रोक्नका लागी राज्य गम्भीर नभएको आरोप


काठमाडौं, भदौइ २८ । देशभक्त जनगणतान्त्रीक मोर्चाले नेपाल भारत सिमामा भईरहेको अतिक्रमण रोक्नका लागी राज्य गम्भीर नभएको आरोप लगाएको छ । .

बिहीबार काठमाडौको सुन्धरामा विरोध प्रर्दशन गर्दे मोर्चाले सिमामा भईरहेको अतिक्रमण रोक्नका लागी राज्यको ध्यानाकर्षण गराएको हो । मोर्चाले नेपालको केहि भूभाग नै नभएको नक्सा प्रयोग भईरहेको भन्दै तत्काल नेपालको पूर्ण आकारको नक्सा सार्वजनिक गरि प्रयोग गर्न पनि माग गरेको छ ।

भारतद्धारा अतिक्रमित भूमि तत्काल फिर्ता गर्नुपर्ने र बास्तविक भूभाग सहितको नेपालको नक्सा प्रयोग गर्नुपर्ने भन्र्दे प्रर्दशनमा सहभागीहरुले नारा लगाएका थिए । त्यस्तै उनीहरुले मुलुकभर भईरहेको महिला हिंसा र हत्याको घटना नरोकिएको भन्दै राज्य गम्भीर नभएको आरोप पनि लगाएका छन् ।

मोर्चाका संयोजक सिपी गजुरेलले नेपालको वास्तविक नक्सा सार्वजनिक गर्नुपर्ने , नेपालको बिभिन्न स्थानमा भएको सिमा अतिक्रमण रोकिनुपर्ने र जनता असुरक्षित हुदा पनि अपराधी कारवाहीको दायरामा नआएकाले बिरोध प्रर्दशन गर्नुपरेको बताएका छन् ।

काडमाढौको सुन्धराबाट सुरु भएको विरोध र्याली काठमाडौको बिभिन्न स्थान हुदै पुन सुन्धरामा पुगी कोणसभामा परिणत भएको थियो ।

यसमा तपाइको मत