नेपालको अधिकतम राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न सीमा अध्ययन समितिलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, भदौ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक तथ्य, नक्शा हेरेर र नेपालको अधिकतम राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न सीमा अध्ययन समितिलाई निर्देशन दिएका छन ।

अर्को साता नेपालमा बस्ने नेपाल भारतको अन्तराष्ट्रिय सीमाना सम्बन्धी अध्ययन गर्न गठित बाउन्ड्री वर्किङ गुपको बैठकको तयारीका बारेमा गुपका तर्फबाट नेपालबाट सहभागीहुने अधिकारीसंग बिहीबार सिंहदरबारमा छलफल गर्दे प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन ।

सीमा विवाद भएको ठाउँमा अहिले जेजस्तो अवस्था छ, त्यस्तै अवस्थामा छाड्न उपयुक्त हुने धारणा पनि प्रधानमन्त्री ओलीले राखेका थिए । त्यस्तै सिमा समाधानका लागी राष्ट्रिय हितलाई प्राथमिकतामा राखि छलफल जुट्न पनि प्रधानमन्त्री ओलीेले निर्देशन दिनुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन ।
छलफलका क्रममा बाउन्ड्री वर्किङ ग्रपुप सदस्यहरुले कतिपय ठाउँमा सीमा स्तम्भ हराएको, नदीले धार परिवर्तन गर्दा सीमा यकीन गर्न नसकेको आदि समस्या राखेका थिए ।

यसमा तपाइको मत