दशैं तिहारका अवसरमा सुपथ मूल्यको पसलमा उपभोक्तालाई ५ देखि ५० रुपैयाँ सम्म छुट


काठमाडौं, भदौ २९ । दशैं तिहारका अवसरमा सरकारले सन्चालन गर्ने सुपथ मूल्यको पसलमा उपभोक्तालाई चामल र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिने भएको छ । नुनमा प्रतिप्याकेट दुई रुपैयाँ, डिडिसि घ्यूमा प्रतिकेजी ५०, पनिरमा प्रतिकेजी १० र खसिबोका र च्याङ्ग्रामा प्रतिकेजी १० रुपैयाँसम्म छुट दिइने आपूर्ती मन्त्रालयले जनाएको छ ।

खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले उपलब्ध गराउने सामानमा यो छुट दिइने आपूर्ति मन्त्रालयका सहसचवि एवं प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन । निजी क्षेत्रका पसलबाट उपभोक्ताले पाउने सहुलियतबारे मन्त्रालयले उत्पादक, वितरक र थोक तथा खुद्रामा व्यापारीसँग असोज पहिलो साता छलफल गर्ने तयारी गरेको पनि प्रवक्ता ढकालले बताए ।

सरकारले आगामी असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा ५० भन्दा बढी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौं कार्यलय अन्तर्गत ९ वटा र विभिन्न स्थानमा २२ गरी ३६ ठाउँमा पसल सन्चालन गर्नेछ ।

सरकारले उपत्यकामा तीनवटा घुम्ती सेवा पसल र सातै प्रदेशका राजधानीमा पनि सुपथ मुल्य पसल सन्चालन गर्ने तयारी गरेकोे आपुर्ति मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत