आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै


काठमाडौं, भदौ २९ । आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मतहातका कार्यालय एवं बालकालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

यो वर्ष ‘सुखी नेपाली समृद्ध नेपालः बाल अधिकार सबैको सरोकार’ भन्ने नारा तय गरिएको छ । नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ ।

सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।

बिक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो ।

यसमा तपाइको मत