निर्मला बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरी छिट्टै कानूनी कठघरामा उभ्याउनेछौं : गृहमन्त्री थापा


काठमाडौं, भदौ २९ । सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई पक्राउ गरी छिट्टै कानूनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाएको छ । राष्ट्रियसभाको आजको बैठकलाई सम्वोधन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले बालिका पन्तको बलात्कारपछि भएको हत्याको घटनामा संलग्नको शुक्ष्म ढंगले अनुसन्धान भइरहेकोले छिट्टै दोषी पत्ता लगाएर कारवाही प्रक्रिया अगाडी बढाउने बताएका हुन ।

घटनाले सरकारको ध्यानाकर्षण भएकाले दोषी पत्ता लगाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन । पछिल्लो समय समाजमा बढेका हत्या, महिला तथा बालिका हिंसा र बलात्कारका घटनाप्रति सरकार गम्भिर रहेको र घटाना न्युनिकरणका लागि नयाँ ढंगले अगाडी बढ्ने योजना बनाएको गृहमन्त्री थापाले दाबी गरेका छन ।

हिजोको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसदहरुले सरकारको जवाफ मागेपछि आज गृहमन्त्री थापाले राष्ट्रिय सभामा जवाफ दिएका हुन । उनले प्रतिनधिसभाको बैठकमा पनि अहिले जवाफ दिइरहेका छन । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक विहान ११ बजे एकैपटक परेपछि केहीबेर अघि मात्रै प्रतिनिधिसभाको बैठक सुरु भएको हो ।

यसमा तपाइको मत