कांग्रेसले पार्टीभित्रको आन्तरिक किचलो समाधानका लागि आज अनौपचारिक छलफल गर्ने


काठमाडौं, भदौ २९ । नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक किचलो समाधानका लागि आज अनौपचारिक छलफल गर्ने भएको छ । सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको विवादका कारण हिजोको केन्द्रिय कार्य समितिको बैठक स्थगित भएपछि विवाद समाधान गर्न आज छलफल गर्न लागिएको हो ।

पार्टीका पदाधिकारी, पुर्वपदाधिकारी र शिर्ष नेताबीच दिउँसो अनौपचारिक छलफल गर्ने तय भएको नेता मिन विश्वकर्माले जानकारी दिएका छन । पार्टीको अनुशासन, कार्यसम्पादन र निर्वाचन समितिका संयोजक र सदस्यमा सभापतिले आफ्नो समुहका नेता मात्रै राख्न खोजेको भन्दै पौडेल समुहले बिरोध गरेपछि हिजोको बैठक बस्दै नवसी स्थगित भएको थियो ।

यसमा तपाइको मत