फ्लोरेन्स नामक समुन्द्री आँधी अमेरिकाको पूर्वी तट नजिक


अमेरिकाको पूर्वी तट नजिक आइपुगेको सामुन्द्रीक आँधीले ठूलो संख्यामा मानिसको ज्यान लिनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् । संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फेमा) का बरिष्ठ अधिकारी ब्रोक लङले समुन्द्री आँधीका कारण तटीय क्षेत्रमा भीषण बाढी आउन सक्ने बताएका छन ।

भर्जिनिया र क्यारोलिना राज्यमा केही फिटसम्म पानी जम्न सक्ने अनुमान गरिएको उनको भनाई छ । उनका अनुसार १ सय ६५ किलोमिटर प्रतिघण्टाको गतिमा आउने आँधीले ठूलो क्षति पु¥याउने छ ।

आँधीको रफ्तार पहिला भन्दा केही कम भएपनि त्यसका कारण हुने वर्षामा भने कुनै कमी नहुने चेतावनी दिइएको छ । मौसम विज्ञले फ्लोरेन्सको पक्का असर स्थानीय समय अनुसार शुक्रबार विहान आठ बजे आसपास देखिने बताएका छन् ।

क्षतिको संभावनालाई मध्यनजर गर्दै उत्तरी र दक्षिणी क्यारोलिना तथा भर्जिनियाका तटीय क्षेत्रबाट झण्डै १७ लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । आँधीका कारण तटीय क्षेत्रका विमानस्थल बन्द गरिएको छ भने १४ सय भन्दा बढी उडान रद्ध गरिएको बीबीसीले जनाएको छ ।

यसमा तपाइको मत