मलेसियामा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु


काठमाडौं, भदौ २९ । मलेसियामा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ बाझका ३० बर्षीय मानबहादुर बोहरा रहेका छन् ।

कोठाबाट कामका लागि कम्पनीतिर गईरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा बोहोरालाई ट्याक्सीले ठक्कर दिएका थिए ।

बोहराको उपचारका क्रममा आज बिहान ७ बजे स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियामै कार्यरत बैतडीको सुर्नया गाउँपालिका घर भएका रमेश साउदले जानकारी दिएका छन । बोहरा बिगत ७ बर्षदेखि सोफा बनाउने कम्पनीमा कार्यरत रहेका थिए । 

यसमा तपाइको मत