मुलुकको आर्थिक बिकासका लागी सरकार तिव्र गतिमा अघि बढिरहेको छ :प्रधानमन्त्री ओली


काठमाडौं, भदौ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक बिकासका लागी सरकार तिव्र गतिमा अघि बढिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौमा आर्थिक विकास सम्बन्धी सार्वजनिक बहस कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार तीव्र गतिमा आर्थिक विकासलाई अघि बढाईरहेको बताएका हुन् । उनले विगतमा विभिन्न काराणले बन्द भएका उद्योगहरु पुनः सञ्चालन र नयाँ उद्योगको स्थापना सरकारको प्राथमिकतामा रहेको बताएका छन ।

दुई तिहाई बहुमतसहितको सरकारको मुख्य लक्ष्य छिटो आर्थिक समृद्धि भएको भन्दै उनले अहिलेको समय स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई राम्रो मुनाफा कमाउने उपयुक्त अवसर भएको दाबी गरेका छन । प्रधानमन्त्री ओलीले भारत र चीन दुबैदेशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चहना पूरा गर्न खोजेको समेत उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आर्थिक विकास मात्रै सरकारको मूख्य लक्ष्य नभएको भन्दै सुखी नेपालीको चाहना अनुसार काम भइरहेको बताएका छन् । नेपाललाई आर्थिक विकासमा लम्कन केही समस्याहरु समेत रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकार त्यसतर्फ सचेत रहेको पनि बताएका छन् ।

त्यस्तै गैर आवासिय नेपाली संघका अध्यक्ष भूवन भट्टले मुलुकको बिकास र समृद्धीका लागी आफुहरु बाह्य लगानी भित्राउदै अघि बढ्न तयार रहेको जिकिर गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले लगानीका लागि निजी क्षेत्रलाई खुला राख्न र विदेशी लगानी आकर्षित गर्न सके नेपालले छिटो आर्थिक विकास गर्न सक्ने धारणा राखेका थिए ।

यसमा तपाइको मत