सुन तथा चाँदीको मुल्यमा भारी गिरावट


काठमाडौं, भदौ ३१ । सुन तथा चाँदीको मुल्यमा आज भारी गिरावट आएको छ । साताको पहिलो दिन आज छापावाला सुनमा प्रतितोला ४ सय रुपैँयाले मुल्य घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

आज छापावाला सुन प्रतितोला ५७ हजार ६ सय रुपैँया र तेजावी सुन प्रतितोला ५७ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको छ । महासंघका अनुसार प्रतितोला ५ रुपैँयाले मुल्य घटेको चाँदी प्रतितोला ७ सय १० रुपैँयामा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत