व्यवसायीले कानुन अनुसार काम गरे कसैले अवरोध गर्दैन :अर्थमन्त्री खतिवडा


काठमाडौं, असोज २ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले व्यवसायीले कानुन अनुसार काम गर्नुपर्ने भन्दै त्यसमा कुनै पनि अवरोध नहुने स्पष्ट पारेका छन् ।

सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले व्यवसायीले कानुन अनुसारका काम निर्वाध रुपमा काम गर्न पाउनुपर्ने भन्दै व्यवसायमा अवरोध गर्ने पक्षमा आफुहरु नरहेको बताएका हुन ।

उनले निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सरकारले लगानीसम्बन्धी सम्पूर्ण कानुनहरु परिमार्जन तथा नयाँ निर्माण गरी एकद्वार प्रणाली स्थापनाको तयारी गरिरहेको जानकारी पनि दिएका छन ।

त्यस्तै उनले कानुन निर्माण गरी प्रतिस्पर्धालाई बलियो बनाउँदै पुराना विषयलाई हल गर्ने तयारीमा आफूले काम गरिरहेको भन्दै व्यवसायीले बारम्बार भन्ने गरेका कालाबजारी ऐनहरु खारेज गर्दै जाने उल्लेख गरेका छन ।

अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको लगानी विस्तार र सहजीकरणका लागि वन क्षेत्र र जग्गा प्राप्तीमा सहजताका लागि नयाँ व्यवस्था गर्न लागेको पनि जानकारी दिएका छन । त्यस्तै हदबन्दी भन्दा माथिको जग्गा प्राप्तीको समस्या पनि कानुन संशोधन गरी समाधान गर्ने उनको भनाई छ ।

उनले नेपालमा नै उत्पादीत हुने चीनीले माग अनुसारको आपूर्ति पुरा गर्न सक्ने भन्दै बाहिरबाट आउने चिनीलाई क्रमश न्युनिकरण गर्दे लैजाने बताएका छन् ।

पत्रकार सम्मेलनमा अर्थ सचिव डाक्टर राजन खनालले व्यवसायीले कानुन अनुसार गरेका व्यवसायमा अवरोध गर्न नहुने भन्दै व्यवसायीले कानुनसम्मत काम गर्दा त्यसको संरक्षण गर्ने र कानुन विपरीत काम गर्दा दण्ड दिने परिपाटी अनुसार चल्नुपर्ने धारणा राखेका छन् ।

यसमा तपाइको मत