विवाह गर्न नमानेको भन्दै नवलपुरमा युवतीमाथि एसिड आक्रमण


काठमाडौं, असोज ९ । नवलपुरको कावासोती नगरपालिका –१६ मा एक युवति माथि गएराति एसिड आक्रमण र चक्कु प्रहार भएको छ ।

राति ८ बजे स्थानीय ३० वर्षिया बसन्ती परियारलाई ३७ वर्षिय बिमल श्रीपालीले बाटोमा हिँड्दै गर्दा एसिड र चक्कु प्रहार गरि गम्भिर घाइते बनाएको जिल्ला प्रहरी कार्यलय नवलपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन ।

एसिड आक्रमणबाट परियारको अनुहार, छाति र हात जलेको छ भने चक्कु प्रहारबाट गाला, छाति र पेटमा गहिरो चोट लागेको छ । घाइते परियारको अहिले चितवनको भरतपुर अस्पतालमा गम्भिर अवस्थामा उपचार भइरहेको छ ।

विवाह गर्न नमानेको काराण परियारमाथि एसिड र चक्कु प्रहार भएको पाइएको प्रहरीले जनाएको छ । एसिड र चक्कु प्रहार गर्ने श्रीपालीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी लामिछानेले जानकारी दिएका छन ।

यसमा तपाइको मत