काठमाडौंको टोखाबाट ३ किलो सुनसहित दुई जना पक्राउ


काठमाडौं, असोज ९ । काठमाडौंको टोखाबाट गएराति ३ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुको नाम खुलाइएको छैन ।

गएराति पक्राउ परेका दुई जनालाई आज पत्रकार गरेर  सार्वजानिक गर्ने तयारी भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिएका छन ।

परिसरमै दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुको बारेमा जानकारी दिइने एसएसपी लामाले बताएका छन ।   

यसमा तपाइको मत