तनहुँमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई महिलाको मृत्यु


तनहुँ, असोज ९ । तनहुँमा आज विहान ट्रक र माइक्रोबस ठोक्किँदा दुई महिलाको मृत्यु भएको छ ।

पोखराबाट भैरहवाका लागि छुटेको लु १ ख ४१ ९४ नम्बरको ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठोक्किँदा दुइ जनाको मृत्यु भएको हो ।

मृतकको नाम र ठेगाना खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन । दुर्घटनामा घाइते भएका आठ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको छ ।

यसमा तपाइको मत