श्रीया सुनारको बलात्कारपछि हत्याको घटनामा संलग्न एक जना पक्राउ


कास्की, असोज १० । कास्कीको पोखरामा १० बर्षिया बालिका श्रीया सुनारको बलात्कारपछि हत्याको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्रेको छ । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्रेको हो ।

घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएका केही व्यक्ति मध्य एक जनाले आफूले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक नवीन कार्कीले जानकारी दिएका छन ।

घटनाका विषयमा थप अध्ययन गरेर ती व्यक्तिलाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ । सोमवार बेलुकी हराएकी पोखरा २२ पुम्दीभूम्दी स्थित कोदीकी १० वर्षिया वालिका सुनारको बलात्कार पछि हत्या भएको थियो ।

हजुरआमासँग पैसा मागेर घर नजिकैको पसलमा विस्कुट किन्न गएकी श्रीया हिजो विहान मृत अबस्थामा फेला परेकी थिइन् । श्रीयाको पोस्टमार्टम रिपोर्टले पनि बलात्कार पछि हत्या भएको खुलेको छ । 

यसमा तपाइको मत