नेपाल र भारतबीच दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका बिषयमा छलफल


काठमाडौं, असोज १२ । नेपाल र भारतबीच दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका बिषयमा छलफल भएको छ ।

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच आज भएको भेटवार्तामा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यको प्रगतिबारे छलफल भएको हो ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा दुई सरकारबीच सहसचिवस्तरीय बैठक बसी प्राविधिक विषयमा टुङ्गो लगाउने सहमति भएको छ । कार्यबाहक प्रधानमन्त्री पोखरेलले पाइपलाइन विस्तारका क्षेत्रमा रहेका रुख कटानका विषयमा पनि छलफल भएको जानकारी दिएका छन ।

यसैगरी उनीहरुबीच भारत सरकारको सहयोगमा बन्ने हेटौँडा पोलिटेक्निक इन्स्टिच्युटको निर्माण चाँडो पूरा गर्ने विषयमा पनि छलफल भएको थियो ।

यसमा तपाइको मत