नवलपरासीमा बस र ट्रक ठोक्किदा दुई जनाको मृत्यु,११ जनाको अवस्था गम्भीर


नवलपरासी, असोज १३ । पूर्वी नवलपरासीको कावासोती १६ डण्डामा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ३२ यात्रु घाईते भएका छन्  । घाईते मध्ये ११ जनाको अवस्था गम्भीर रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा बस चालक बाँके कोहलपुर नगरपालिका ४ का २३ वर्षीय सुरज विक र कपिलबस्तुको बाणगंगा नगरपालिका २ का २४ वर्षीय लक्ष्मण थारुको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका बसका यात्रुहरुको चितवन भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अन्यको कावासोतीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५६ २९ नम्बरको बस विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७७ १९ नम्बरको ट्रकसँग विहान ३ बजे ठोक्किएर दुर्घटना भएको हो  ।

यसमा तपाइको मत