आज विश्व मुटु दिवस,६ महिनामा एक पटक जाँच गर्न चिकित्सकको सुझाब


काठमाडौं, असोज १३ । विश्व मुटु दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनार्इँ्रदैछ । विश्व स्वास्थ्य संगठन र वल्र्ड हर्ट फेडेरेसन्को आव्हानमा सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मुटुरोगका कारण संसारभर वर्षेनी १ करोड ७५ लाख जनाले ज्यान गुमाउने गरेका छन् । यो संख्या सन् २०३० सम्ममा बढेर वार्षिक २ करोड ३० लाख पुग्ने अनुमान छ ।

शहरीया जीवनशैली बढ्दै जाँदा आवश्यकता भन्दा बढी खानु, शारीरिक परिश्रम नगर्नु, अस्वस्थ खाना, अत्यधिक मानसिक तनाव, उच्च रक्तचाप, कोलेष्ट्रोल र शरीरमा ग्लुकोजको मात्रा बढ्नु मुटु रोग हुने मुख्य कारण देखिएका छन् ।

नेपाल ह्ृदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा कुल जनसँख्याको २० प्रतिशतमा मुटुरोग भएको अनुमान गरिएको छ । मुटुरोग भनेको हृदयाघात मात्रै हो भन्ने बुझाई रहेकाले समस्या हुने गरेको मुटुरोग विशेषज्ञको भनाई छ ।

कुनै लक्षण नदेखिएपनि बंशाणुगत रुपमा समस्या छ भने ६ महिनामा एक पल्ट र नभए वर्षमा १ पल्ट ब्लडप्रेसर, सुगर र कोलेष्ट्रोल जाँच गरी मुटु स्वस्थ राख्न डाक्टरहरुको सुझाव छ । विश्व मुटु दिवसको अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन । 

यसमा तपाइको मत