मलामी बोकेको जीप दुर्घटना, १३ जना घाइते, ६ को अवस्था गम्भीर


काठमाडौं, असोज १६ । अर्घखाँचीको सितगंगा–२ मा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले जनाएको छ । बुटवलबाट अर्घखाँचीको सन्धिखर्कतर्फ छुटेको लु १ ज २३६९ नम्बरको जिप बिहान ५ बजे सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । 

यसमा तपाइको मत