शेयरबजारमा आज सामान्य सुधार


काठमाडौं, असोज १६ । लगातार घटीरहेको शेयरबजारमा आज सामान्य सुधार देखिएको छ । शेयर बजारको कारोवार मापन गर्ने नेप्से परिसूचक २ दशमलव ६९ अंकले बढेर १२ सय ४१ दशमलव ३६ बिन्दुमा पुगेको छ ।

परिसूचक सामान्य अंकले बढेपनि कारोवार हिजोको तुलनामा ८ करोडले घटेको छ । आज १ सय ७१ कम्पनिका २० लाख ३१ हजार ४ सय ९६ कित्ता शेयर किनवेच हुँदा ४५ करोड १९ लाख ९३ हजारको कारोवार भएको छ ।

हिजो ५३ करोड ९६ लाखको कारोवार भएको थियो । कारोवारमा आएका ११ मध्ये ६ उपसमूह हरिया हँुदा ५ उपसमूहका सूचक राता भएका छन् । कारोवार रकमका आधारमा अगाडी रहेको ग्लोबल आईएमई बंैक लिमिटेडले ३ करोडको कारोवार गरेको छ । 

यसमा तपाइको मत