पाँच किलो सुनसहित एकजना पक्राउ


काठमाडौं, असोज १७ । काठमाडौ बालाजुस्थित तीनपिप्लेबाट प्रहरीले पाँच किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । रसुवाका शोबहादुर तामाङ पाँच किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

तामाङले केरुङ नाका हुँदै सुन ल्याएका हुन् । सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको प्रहरीले जनाएको छ । केहीबेरमा पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी दिने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत