खाद्य संस्थानले एक हप्तापछि खसीबोका र च्याङ्ग्राको विक्री वितरण सुरु गर्ने


काठमाडौं, असोज १७ । खाद्य संस्थानले एक हप्तापछि खसीबोका र च्याङ्ग्राको विक्री वितरण सुरु गर्ने भएको छ । संस्थानले एक हजार च्याङ्ग्रा मुस्ताङबाट र एक हजार खसीबोका दाङ र मकवानपुरबाट काठमाडौं ल्याउने भएको छ ।

मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं ल्याइपु¥याउन समय लाग्ने भएकाले खरिद गरिसकिएको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिएका छन । मुस्ताङबाट हिँडाएर म्याग्दीको बेनीसम्म ल्याउन पाँच दिन लाग्ने र बेनीबाट ट्रकमा काठमाडौं ल्याइपु¥याउन थप दुई दिन लाग्ने भएकाले भोली नै त्यहाँबाट च्याङ्ग्रा हिँडाइने प्रवक्ता सापकोटाले बताएका छन ।

दाङ र मकवानपुरबाट ल्याइने खसीबोका भने घटस्थापनाको अघिल्लो दिनतिर मात्रै ल्याइनेछ । प्रवक्ता सापकोटाका अनुसार घटस्थापनाको भोलीपल्ट अर्थात असोज २५ गतेदेखि खसिबोका र च्याङ्ग्राको विक्री वितरण थाल्ने संस्थानको तयारी छ ।

यसमा तपाइको मत