अमेरिकी डाइभर्सिटी भिसा डि.भी. का लागि आज राति देखि आवेदन खुल्ने


काठमाडौं, असोज १७ । सन् २०२० को अमेरिकी डाइभर्सिटी भिसा अर्थात डि.भी. कार्यक्रमका लागि आजदेखि  आवेदन खुल्ने भएको छ । नेपाली समयअनुसार आज राती पौने १० बजेदेखि सुरु हुने आवेदन दर्ता अवधी कार्तिक २० गते राती पौने ११ बजे बन्द हुनेछ ।

नेपालस्थित अमेरिकी दूताबासले डीभी चिट्ठामा सहभागी हुन शुल्क नलाग्ने जनाएकोे छ । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई.डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।

आवेदन दर्ता गर्दा पति र पत्नी तथा आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ ।

यसमा तपाइको मत