दुईवर्षभित्र देशभरका गरिब व्यक्तिलाई परिचय पत्र वितरण गर्ने सरकारको तयारी


काठमाडौं, असोज १७ । सरकारले आगामी दुई बर्षभित्र देशभरका गरिब व्यक्तिलाई परिचयपत्र वितरण गर्नका लागि तयारी सुरु गरेको छ । २०७७ सालभित्र झन्डै ५० लाख घरपरिवारमा गरिब व्यक्तीको पहिचान गरी परिचयपत्र बितरणका  लागि तयारी थालेको सरकारले जनाएको छ ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका बरिष्ठ तथ्याँक अधिकृत सत्य आचार्यले झन्डै २ करोड ११ लाख व्यक्ती माथि सर्वेक्षण गरेर गरिव व्यक्ति पहिचान गरी परिचयपत्र बितरण गर्ने बताएका छन ।

दुई बर्षभित्र ५१ जिल्लाका गरिव घरपरिवार पहिचान गरी परिचयपत्र बितरण गर्ने तथ्याँक अधिकृत आचार्यले बताएका छन । दोस्रो चरणमा गरिव परिचयपत्र बितरण गर्ने तयारी स्वरुप मन्त्रालयले अहिले गरिब घरपरिवार पहिचानको सर्वेक्षण गर्ने कार्य सञ्चालनका लागि निर्देशिका बनाइरहेको छ ।

मन्त्रालयको गरिब पहिचान तथा मापदण्ड शाखाले यससम्बन्धी सर्वेक्षणका लागि निर्देशिका बनाउने, प्रश्नावली तयार गर्ने, जिल्ला छनोट गर्ने, गणकलाई  तालिम दिने लगायत काम तिब्र गतिमा अगाडी बढाइरहेको छ ।

सरकारले पहिलो चरणमा प्रदेश एक÷दुइ र तीनका  दुइ÷ दुइ ,प्रदेश चारका तीन , प्रदेश पाँचका पाँच, प्रदेश ६ का आठ र प्रदेश सातका चार जिल्लाका गरी  २६  जिल्लाका १२ लाख २४ हजार ४ सय १७ घर परिवारको अध्ययन गरी ४ लाख ७८ हजार ८ सय ३१ जनालाई गरिव परिचयपत्र बितरण गरेको छ ।

जसमध्ये  १ लाख ८८ हजार २ सय ३२ अति गरिब,१ लाख १९ हजार ७ सय ५४ मध्यम गरिब र ८३ हजार ८ सय ४५ सामान्य गरिब रहेका छन् । दोस्रो चरणको परिचयपत्र वितरण कार्य पनि सकिएपछि सरकारले गरिब ब्यक्तीको आर्थिक स्थीति सुधार गर्न विभिन्न कार्यक्रम ल्याउने जनाएको छ ।

गरिब ब्यक्तिको स्वाथ्य,सम्पत्ती र ज्ञानलाई केन्द्रमा राखेर आर्थिक उपार्जनका कार्यक्रम ल्याउने तथ्याँक अधिकृत आचार्यले बताएका छन ।

यसमा तपाइको मत