ट्रक र्दुघटना हुदा दुई जनाको मृत्यु


सिन्धुली, असोज १८ । सिन्धुलीको कमलामाई नगरपालिका २ केराबारीमा गएराति ट्रक र्दुघटना हुदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक धादीङका ३० वर्षीय लोकबहादुर मगर र सहचालक सप्तरी सप्तकोसी नगरपालिकाका १८ बर्षीया काले भनीने भोजबहादुर आचार्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी जवान गीता महतोले जानकारी दिएका छन ।

मगरको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा राति सवा १ बजे मृत्यु भएको हो । सहचालक आचार्यको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्रकमा सवार सप्तरीका १७ वर्षीय लक्ष्मण परियार घाईते भइ जिल्ला अस्पताल सिन्धुलीमा नै उपचार भैरहेको छ ।

गएराति सवा १२ बजे बा २ क २२९७ नम्बरको ट्रक सडकबाट अन्दाजी ३० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

यसमा तपाइको मत