आईजीपी सर्वेन्द्र खनालको राजीनामा माग गर्दै गृहमन्त्री थापालार्इ ज्ञापन पत्र


काठमाडौं, असोज १८ । नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएका छन ।

बिहीबार दिउँसो गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनालको राजीनामा माग गरेका हुन् ।

जनताको जीउ धनको सुरक्षामा सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन असक्षम रहेकोले आईजीपी खनालको राजीनामा मागिएको अखिलका नेता आरसी लामिछानेले बताएका छन ।

यसमा तपाइको मत