बानी व्यहोराका आधारमा ‘स्त्री’को वर्ग विभाजन


काठमाडौं, असोज १८ । पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानी व्यहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पार्इन्छ । तिनै ग्रन्थअनुसार नारीलाई चार प्रकारमा विभाजन गरिएको हुन्छ ।

पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुको चरित्र तथा लक्षण पौराणिक ग्रन्थमा यस प्रकारले वर्णन गरिएको छः

पद्यमिनीः
पद्यमिनी चरित्रका नारीहरुको शरीर बढी पुड्को वा धेरै अग्लो हुँदैन । यी नारीहरुका शारीरिक बनावट सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र जस्तै अनुहार, कान्ति र कमलपुष्प जस्ता नेत्र र सुगाको जस्तै सलक्क परेको नाक अनि हरिणका जस्ता चञ्चल नेत्र, पुष्ट वा ठाडाठाडा स्तन अर्थात् श्रीफल जस्तै भएका हुन्छन् । पुष्पझैँ अंग, लामो र चिल्ला कपाल, आँखामा राता डोरा, कोकील जस्तै वाणी तथा धनुष जस्तै आँखिभौँ र राजहंश जस्तो गति, सिंहको जस्ता पातलो कम्मर, कमलनाल जस्ता लामा हात, केराको थाम वा हात्तीको सुँढ जस्ता तिघ्रा र पेटमा त्रिवली रेखा भएकी, थोरै आहार हुने, थोरै निन्द्रा पाएकी, दानी र उत्तम स्वभावकी नारी पद्यमिनी कहिन्छिन् ।

उनीहरु देव, ब्राम्हण, गुरु, अतिथीलाई औधी सम्मान गर्ने स्वभावका हुन्छन् । उनीहरु प्रसन्न मुद्राका हुन्छन् र योनीबाट बग्ने सुरतजल कमलजस्तै सुगन्धित हुन्छ । थोरै नै समागमले सन्तुष्ट हुन्छन् र सात्विक आहार विहार रुचाउँछन् । हाँसझैँ ढल्कीढल्की बिस्तारै हिंड्ने, नाँचगान मन पराउने, बत्तिस लक्षणयुक्त, पुत्रवती, सौभाग्यवती तथा चम्पाको पुष्पजस्तै देहको कान्ती भएकी फक्रेको कमलपुष्पको कोशाको आकार जस्तै जनेन्द्रीय भएका नारीलाई नै पद्यमिनी भनिन्छ ।

चित्रिणीः
चित्रिणी चरित्रका नारीहरुका सबै अंग कोमल र राम्रा हुन्छन् । उनीहरु न बढी अग्ली न धेरै पुड्की, पातलो सलक्क परेको औसत आकारको शरीर हुन्छ । सम्भोगमा सबै क्रिया राम्ररी जानेकी, सुगाको जस्तै नाक र ठूला चञ्चल नेत्र भएकी, सुवर्णको जस्तै देहको रंग भएकी, उछिट्टिएका ओठ र शंख जस्तै घाँटी भएकी, हाँसझैँ हिंडार्इ र मीठो वाणी बोल्ने, बेलको फल जस्तै कठोर स्तन भएकी, कपालको केश काला र लामा भएकी, नाँचगान जान्ने र मन पराउने स्त्रीलाई चित्रिणी भन्छन् ।

चित्रिणीको योनी बाटुलो हुन्छ र मदनजल बढी बग्छ । लोभ नभएकी दानी सुशीला, सत्य र प्रिय बोल्ने, दया र क्षमाले युक्त भएकी तथा धर्मकर्मको चेष्टा भएकी एवम् देवता, ब्राम्हण र गुरुको सेवाभक्ति गर्ने, परपुरुषतिर मन डुलाउने, आफ्नै पतिसँग पनि बढी सम्भोग गर्नुभन्दा आलिंगन, चुम्बन र मर्दन मन पराउने स्वाभवकी, मोटामोटा तिघ्रा भएकी, मीठोमीठो खान खोज्ने, पुष्पमाला, आभूषण र चित्रबस्त्र रुचाउने हुन्छन् ।

अग्लो तथा मसिना रौं भएकी, शरीरबाट मधुको गन्ध आउने लक्षण भएकी नारीलाई चित्रिणी भन्दछन् ।

शंखिनीः
शंखिनी स्त्रीहरुका शरीरको मध्यभाग केही बढी लामो हुन्छ । यिनीहरुका नेत्र लाम्चा र स्वभाव शिलवती हुन्छन् । ठूला र कठोर स्तन एवम् शरीरबाट क्षारको गन्ध आउने, घाँटीमा त्रिवली रेखा भएको, मसीनु बोली भएकी, जुनसमयमा पनि समागमको इच्छा राख्न सक्ने र त्यही विषयको कुरा बढी गर्न रुचाउने स्वभावका हुन्छन् ।

रातो वस्त्र रुचाउने, शिघ्र क्रोधित हुने, शरीरका नशाहरु स्पष्ट देखिने, आफ्ना पति, गुरु, देवता र मान्यजनको लाज डर केही नमान्ने, सदासर्वदा अर्काकै पतिको इच्छा राख्ने, चर्को स्वरले हाँस्ने, कोहि निकै राम्री त कोहि कुरुप हुने, शरीरबाट विचित्र प्रकारको दुर्गन्ध आउने नारी शंखिनी कहिन्छिन् ।

यिनीहरुको चाक्लो र ठूलो नितम्ब हुन्छ र योनीमा बढी रौं हुन्छ । कामजल थोरै निस्कने तथा समागम गर्दा नखक्षत गर्ने एवम् शरीर बढी तातो हुन्छ । ती पित्त प्रकृतिका, ठिक्कको आहारा भएका, गर्दभझैँ बाणी, कर्ण कटु हुने एवम् कपटी बिचार भएकी स्त्री शंखिनी कहिन्छिन् ।

हस्तिनीः
हस्तिनी नारीहरु दिनरात सम्भोगको इच्छा गर्ने र अग्लो शरीर भएका हुन्छन् । गाला, निधार, कान र नाकका प्वाल ठूलो भएका, तिघ्रा र पाखुरा सानो वा मोटो, आँखा राताराता र ठूला भएको, कपालका रौं खस्रा, कैला र मोटा, नाकका पोरा फुकेका, केही बाँगिएको घाँटी र फाली जस्ता दाँत, हात्तीको जस्तै चर्को बोली भएकी, शरीरबाट विचित्र प्रकारको गन्ध आउने, परपुरुषसँग सम्भोगको मौका खोजिरहने, ठूलो नितम्ब हुने, कर्कशा र धेरै रिसाहा, औंलाहरु बांगाटिंगा भएको र डल्लो मोटो तिघ्रा भएको, रजमा हात्तीको मदझैँ गन्ध आउने, भगमा खस्रो मोटो र बाक्लो रौं भएको, योनी ठूलो र गहिरो हुनाले सम्भोगमा कहिल्यै सन्तुष्ट नहुने, देवता, ब्राम्हण, गुरु आदिमा पनि अश्रद्धा राख्ने, निकै प्रचण्ड स्वभाव भएकी र दण्डद्वारा नै बशमा राख्न बाध्य पार्ने, जोसँग पनि डर भय नमानी खुल्लेआम बोल्न अघि सर्ने स्त्री हस्तिनी मानिन्छिन् ।

यसमा तपाइको मत