पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि एडिबि द्धारा २१ अर्ब २३ करोड ऋण स्वीकृत


काठमाडौं, असोज १८ । पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि एसियाली बिकास बैँक एडिबिले २१ अर्ब २३ करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । यो रकम पूर्व पश्चिम राजमार्ग स्तरोन्नती र चार लेनको बनाउन खर्च गरिनेछ ।

कूल ३० अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको मध्ये बाँकी ९ अर्ब नेपाल सरकारले खर्च गर्नेछ । सन् २०२२ भित्रमा सडकको स्तरोन्नती गरिसक्ने लक्ष्य लिइएको छ । १ हजार २७ किलोमिटर लामो यो राजमार्गमा अहिले दैनिक ८ हजार ६ सय सयको हारहारीमा गाडी गुड्ने गरेका छन् ।

जसमध्ये एक चौथाई ठूला गाडी रहेको एडीबीको तथ्याङ्क छ । सन् २०३३ सम्म यो राजमार्गमा गाडीको संख्या तीन गुणाले बढ्ने अनुमान गरिएको छ । एडीबीका अनुसार सन् २०३३ सम्म यो राजमार्गमा दैनिक २५ हजार ४ सय गाडी गुड्ने अनुमान छ । 

यसमा तपाइको मत