एभरेस्ट प्रिमियर लिग मसिंर २२ देखि


काठमाडौं, असोज १८ । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता मसिंर तेस्रो हप्तादेखि सुरु हुने भएको छ।

इपिएल मसिंर २२ देखि पुस ७ गतेसम्म काठमाडौंमा संचालन हुने आयोजकले बिहीबार एक पत्रकार सम्मेलनको आयोजनागर्दै जानकारी दिएको हो।

गतवर्ष १२ दिन आयोजना भएको यस प्रतियोगिता यसवर्ष १५ दिनको बनाइएको छ। प्रतियोगिता आयोजनाबारे आफूहरुले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)लाई आवश्यक पत्र पठाइसकेको इपिएलका व्यवस्थापकिय निर्देशक आमिर अख्तरले जानकारी दिएका छन।

यसअघि गतवर्ष भएको इपिएल अन्तर्राष्ट्रिय स्तरको भएको भनेर आइसीसीले प्रतिक्रिया जनाएको समेत अख्तरले पत्रकार सम्मेलनमा बताएका छन। उनले यसवर्ष समेत इपिएल भव्यताका साथ सम्पन्न गर्ने लक्ष्य राखेको बताएका छन।

यसमा तपाइको मत