पञ्चायतले जुराएको नाम पुनः सुदूरश्चिम राख्नु दुर्भाग्यपूर्णः काँग्रेस नेता बलायर


डडेल्धुरा, असोज १८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रदेश -७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सुदूरपश्चिम नाम राख्ने निर्णय राष्ट्रघाती भएको समेत उनको तर्क छ ।

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै नेता बलायरले पञ्चायतले जुराएको नामलाई पुनः दोहोर्याउनु दुर्भाग्यपूर्ण भएको बताए । सुदूरपश्चिम नाम राख्नु पछाडीको कारण हाम्रो इतिहास मेटाउन खोजिएको हो भन्दै बलायरले यसबाट सम्पदा, सँस्कृति पनि मेटिने दावी गरे ।

उनले भने, ‘प्रदेशसभाले हाम्रो इतिहास मेट्ने गरी प्रदेशको नाम राखेको छ ।’ स्थानीय सरकारमा भ्रष्ट्राचार झाङ्गिएको बताउँदै काँग्रेस नेता बलायरले प्रदेशको मुकाम गोदावरी तोकिएकोमा पनि आपत्ति जनाए ।

 ‘बम दिदीबहिनीले हत्यारा देखेका छन्, को हो बलात्कारी उनिहरूलार्इ थाहा छ, उनैका माध्यमबाट हत्यारा पत्ता लागाउन सकिन्छ ।’

कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको हत्या प्रसंगमा बलायरले हत्यारा बम दिदीबहिनीका माध्यमबाट पत्ता लाग्ने दाबी समेत गरे ।
सरकारले पन्तको हत्यारा पत्ता लगाउन नसकेकोमा चर्को आलोचना गर्दै यसबाट प्रहरी संगठनकै व्यर्इज्जत भएको बताए । पूर्व मन्त्री समेत रहेका बलायरले बम दिदीबहिनीबाट घटनाको सबै पोल खुल्ने दाबी पनि गरे ।

उनले भने, ‘बम दिदीबहिनीले हत्यारा देखेका छन्, को हो बलात्कारी उनिहरूलार्इ थाहा छ, उनैका माध्यमबाट हत्यारा पत्ता लागाउन सकिन्छ ।’

कन्चरपुरको यो हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले छुट्टै टोली बनाएर खटाएको छ, यसको नेतृत्व बलायरले गरेका छन् ।

यसमा तपाइको मत