को बन्छ करोडपति अर्को महिनादेखि, राजेश हमाल सञ्चालक


काठमाडौं, असोज १८ । अन्तरार्ष्ट्रिय फ्रेन्चाइज कार्यक्रम को बन्छ करोडपति टेलिभिजन कार्यक्रम अर्को महिनादेखि प्रसारणमा आउने भएको छ।

‘हु वान्ट्स टु बी मिलिनिअर्स’को हिन्दी संस्करण कौन बनेगा करोडपति हुँदै नेपाली दर्शकबीच को बन्छ करोडपति प्रशारणमा आउन लागेको हो।

काठमाडौंमा बिहीबार एक कार्यक्रमको आयोजना गरी को बन्छ करोडपतिबारे जानकारी दिइएयो। कार्यक्रम सञ्चालक राजेश हमाल रहने यसअघि नै फाइनल भइसकेको छ। कार्यक्रममा उपस्थित उनले ‘को बन्छ करोडपति’ जस्तो चर्चित फ्रेन्चाइज शो सञ्चालन गर्न पाउने मौका आफूले पाएकोमा खुसी रहेको प्रतिक्रिया दिएका छन।

गत जेठ बाटै प्रशारणमा आउने भनिए तापनि को बन्छ करोडपति कार्तिकबाट सुरु हुनेभएको हो। कार्यक्रमको पर्याप्त तयारी नपुगेको कारण पहिले भनिएको समयमा कार्यक्रम सुरु गर्न नसकिएको कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा ‘को बन्छ करोडपति ‘केबीसी नेपाल’को टाइटल प्रायोजक समेत सार्वजनिक समेत गरिएको थियो। सो भिडियोमा बलिउड अभिनेता अमिताभले नेपाली भाषामा सम्बोधन गरेका छन्।

‘नमस्ते नेपाल। कस्तो हुनुहुन्छ, सन्चै हुनुहन्छ ? म एकदम खुशी छु। भारतमा रुचाइएको कार्यक्रम नेपालमा प्रसारणमा आउँदैछ। सबैलाई शुभकामना’, कौन बनेगा करोडपतिका सञ्चालक अमिताभ बच्चनले नेपाली भाषामा नै नेपाली संस्करणलाई शुभकामना दिएका छन।

नेपालमा यसअघि भारतमा चर्चित भइसकेका आइडल, बुगीउगी, रोडिज र द भ्वाइसको नेपाली संस्करण भित्रिसकेको छ। को बन्छ करोडपति एपी वान टेलिभिजनमा प्रसारण हुनेछ।

यसमा तपाइको मत