दुरसंचार प्राधिकरणको अध्यक्ष नियुक्तिमा संसदीय समितिको चासो


काठमाडौं, असोज १८ । संसदको विकास तथा प्रबिधि समितिले नेपाल दुरसंचार प्राधिकरणको अध्यक्षमा नियुक्त दिगम्बर झाको नियुक्तिबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले झाको नियुक्तिबारे जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा  नेपाली कांग्रेसका सांसद् जिपछिरिङ लामा र नेकपाका सांसद यज्ञराज सुनुवारले झाको नियुक्तिबारे प्रश्न गरेका थिए ।

सरकारले यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै झालाई भदौ २१ गते पुनः प्राधिकरणको नेतृत्व दिएको थियो । अहिलेको सरकारले असार २० गते अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु एकमुष्ट खारेज गर्ने निर्णय अनुरुप झा पनि पदमुक्त भएका थिए ।

तर  सरकारको निर्णयविरुद्ध झाले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गर्दा सर्वोच्चले झाकै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । तर पछि झाले सर्वोच्चमा दिएको रिट फिर्ता लिएका थिए ।

यसमा तपाइको मत