दुई साता लामो विदेश भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता


काठमाडौं, असोज १८ । झण्डै दुई साता लामो विदेश भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन ।  दिउँसो पौने ४ बजे काठमाण्डौं आइपुगेका हुन ।

नेपाल आए लगत्तै त्रिभुवन  अन्तराष्ट्रिय विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले  राष्ट्रिय र अन्तराष्ट्रिय रुपमै सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन ।

भारत , चीन मात्र नभई अन्य राष्ट्रहरुसंगको सम्बन्ध पनि सुमधुर बनाउने प्रयास गरिरहको भन्दै उनले सरकार विकासप्रति दृढ रहेको बताएका छन । प्रधानमन्त्री ओलीले माधव नेपालले संसदमा बोलेको कुरालाई भावना आएर कवि मनले बोलेको भनेर टिप्पणी गरेका छन । उनले अहिलेको सरकार ५ बर्ष रहने र त्यसपछि अँझै बलियो भएर आउने बताएका छन ।

संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ६ गते अमेरिका गएका थिए । उनले असोज ११ गते न्यूयोर्कमा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली न्यूयोर्कबाट १४ गते कोस्टारिकाको भ्रमणमा पनि गएका थिए ।

अमेरिका रहँदा उनँले राष्ट्रपति डोनाल्ड ट्रम्प, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका सरकार प्रमुखसंग भेटवार्ता गरेका थिए ।

यसमा तपाइको मत