दसैं मनाउन घर फर्कने यात्रुको संख्या बढ्न थाल्यो


काठमाडौं, असोज २१ । दसैं मनाउन घर फर्कने यात्रुको संख्या बढ्न थालेको छ ।  असोज ९ गतेदेखि टिकट बुकिङ गरेका यात्रु घर फर्कन सुरु गरेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

अहिलेसम्म करिब ५० प्रतिशत टिकट बुकिङ भइसकेको र ७ लाखको हाराहारिमा यात्रु बाहिरिएको महासंघका प्रबक्ता सरोज सिटौलाले जानकारी दिएका छन । काठमाडौदेखि पश्चिमाञ्चलका विभिन्न जिल्लाहरुका लागि टिकट बुकिङ अन्तिम चरणमा रहेको तथा पूर्वाञ्चल लगायत देशका अन्य स्थानहरुका लागि पनि टिकट बुकिङ खुल्ला रहेको सिटौलाले जानकारी दिएका छन ।

काठमाण्डौंको कोटेश्वर, बल्खुलगायत विभिन्न क्षेत्रबाट बाहिरिने हाइस र टाटा सुमोले पनि अग्रिम बुकिङ खोल्न सुरु गरेका छन् । महानगरीय ट्राफिक महाशाखाका प्रमुख बसन्त पन्तले उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेपनि टिकट नपाएर दसैंमा घर जानबाट कोही पनि बन्चित नहुने दाबी गरेका छन ।

२४ गते घटस्थापनादेखि क्यु फ्रि भएलगत्तै सबै यात्रुले सहजरुपमा टिकट पाउने पन्तको भनाई  छ ।  व्यवसायीले सहज रुपमा टिकट पाइरहेको बताएपनि यात्रुले भने टिकट नपाएको गुनासो गर्दै आएका छन् ।

यसमा तपाइको मत