आजदेखि दशैंका लागि नयाँ नोट सटही सुरु


काठमाडौं, असोज २१ । नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका लागि नयाँ नोट सटही सुरु गरेको छ । आजदेखि फुतपातीको अघिल्लो दिन अर्थात असोज २९ गते सम्म नयाँ नोट सटही हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

५, १०, २०, ५० र १०० दरका नोट एक जनालाई बढीमा २७ हजार रुपैयाँसम्म दिने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिएका छन । काठमाण्डौंमा रहेको थापाथाली कार्यालय, वाणिज्य बैंकका शाखाहरु, नेपाल बैंक लिमटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ ।

उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज र धनगढीमा पनि वाणिज्य बैंकका शाखाहरु, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक शाखाबाट नयाँ साट्ने ब्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागले नोटको हिफाजत गर्न पनि आम नागरिकलाई अनुरोध गरेको छ । नोटमा कोर्न वा लेख्न नहुने कानुनी ब्यवस्था नै रहेको भन्दैं विभागले कानुनको पालाना गर्न भनेको हो ।

यो बर्ष १३ अर्ब रुपैयाँ नयाँ नोट सटही हुने अनुमान गरिएको विभागका कार्यकारी निर्देशक निरौलाले जानकारी दिएका छन । उनले राष्ट्र बैंकमा रहेका सुकिला नोट थन्काएर नयाँ नोट सटही गर्दा बार्षिक सरकारलाई ४० करोड घाटा लाग्ने गरेको बताएका छन । 

यसमा तपाइको मत