आइसीसी टी—ट्वान्टी विश्व कप छनौट क्रिकेटमा नेपाल आज थाइल्याण्डको सामना गर्दैै


काठमाडौं, असोज २१ । आइसीसी टी—ट्वान्टी बिश्व कप छनौट क्रिकेटमा नेपालले आज थाइल्याण्डको सामना गर्दैछ । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ’बी’ अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल थाइल्याण्डसँग खेल्न लागेको  हो ।

नेपालले अघिल्ला दुई खेलमा लगातार जित निकालेको छ । यसअघि नेपालले हिजो आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो भने त्यसअघि पहिलो खेलमा म्यानमारलाई पनि ८ विकेटले नै हराएको थियो ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार सवा १२ बजे सुरू हुनेछ । प्रतियोगितामा ३ खेलबाट ५ अंक जोडेको थाइल्याण्ड शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ ।

२ खेलबाट समान ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ । नेपालले यसपछि मंगलबार भुटानसँग, बुधबार चीन र शुक्रबार सिंगापुरसँग खेल्नेछ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । 

यसमा तपाइको मत