हाइटीमा भूकम्प जाँदा १० जनाको मृत्यु


हाइटीमा भूकम्प जाँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गएराति ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो । दुई लाखभन्दा बढी मानिसहरूको ज्यान जाने गरी सन् २०१० मा हेइटीमा गएको भूकम्पपछिको यो शक्तिशाली भएको बताइएको छ ।

कैयौँ भवनमा क्षति पुगेको बिबिसीले उल्लेख गरेको छ । भुकम्प गए लगत्तै हाईटिका राष्ट्रपति जोभ्नेल मोइसले मानिसहरूलाई संयमित रहन आग्रह गरेका छन । अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार पोर–ड–पे शहरदेखि करिब १९ किलोमिटर उत्तर–पश्चिममा केन्द्रविन्दु बनाइ हिजो मध्य रातमा भूकम्प गएको थियो ।

यसमा तपाइको मत