प्रज्ञा प्रतिष्ठानको कुलपतिमा फेरि गंगाप्रसाद उप्रेती


काठमाडौं, असोज २१ । प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा उक्त प्रतिष्ठानका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी आजै उक्त पदमा नियुक्त भएका थिए।

कुलपति उप्रेतीले नवनियुक्त सदस्यसचिव जगप्रसाद उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई वर्तमान परिवर्तित समयअनुसार गतिशील र आधुनिक बनाउन आग्रह गर्दै असाधारण प्रकृतिका कला, संस्कृति, मूल्य र मान्यतालाई संरक्षण गर्न नेतृत्व तहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन।

उनले प्रतिष्ठानले कृति प्रकाशनको सङ्ख्या वृद्धिभन्दा पनि गुणात्मक सिर्जना प्रकाशनमा ध्यान दिन तथा संस्थाको गरिमा र मर्यादा बढाउन पनि सुझाव दिएका छन ।

प्रतिष्ठाननलाई विवादरहित बनाई सबै विधा र पक्षको विकास गरी त्यसलाई सांस्कृतिक रुपान्तरणमा लाग्न पनि उनले निर्देशन दिएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत अन्य पदाधिकारीको सो अवसरमा सहभागिता थियो ।

यसमा तपाइको मत