स्थायी गर्न माग गर्दै राहत शिक्षकहरुद्धारा काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन


काठमाडौं, असोज २१ । राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन गरेका छन् । देशभरका राहत शिक्षकहरुले आज काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।

काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म ¥यालीसहित प्रर्दशन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको आरोप लगाएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रिय समितिको आह्वानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतहः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

यसमा तपाइको मत