चिनीको मूल्य विवाद समाधानका लागि ७ सदस्यीय समिति गठन


काठमाडौं, असोज २१ । चिनीको मूल्य सम्बन्धि विवाद समाधानका लागि सरकारले ७ सदस्यीय समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको मूल्य विवाद समाधान गर्न र रणनीतिक अध्ययन गर्ने गरी राष्ट्रिय योजना आयोगका कृषि हेर्ने सदस्य डा. दीलबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा उखु उप्पादक, चिनी उद्योग, उपभोक्ता हित सम्बन्धी काम गर्ने संस्था तथा उद्योग मन्त्रालय र कृषि मन्त्रालयका सहसचिव सदस्य रहनेछन् । यसअघि गएको बुधवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीको खुद्रा मूल्य प्रतिकेजी ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्टै संसदको सार्वजनिक लेखा समितिले मन्त्रालयको उक्त निर्णयप्रति आपत्ति जनाउँदै चिनी प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको थियो । 

यसमा तपाइको मत