कञ्चनपुरका थप दुई प्रहरी निलम्बित


काठमाडौं, असोज २२ । नेपाल प्रहरीले कञ्चनपुरका थप दुई प्रहरीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कर्यालय कञ्चनपुरमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा कार्यरत प्रहरी नायव निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् ।

प्रहरी प्रधान कार्यालयले आज एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले निर्मला पन्तको बलात्कार र हत्या भएको घटनामा गम्भीर लापरवाही गरेको ठहर गर्दै निलम्बन गरिएको जनाएको छ ।

पन्तको हत्याबारे अनुसन्धानमा संलग्न प्रहरीको भूमिका छानवीन गर्न प्रहरी प्रधान कार्यालयबाट गठित छनवीन समितिको सिफारिसमा उनीहरुलई निलम्बन गरिएको प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिएका छन । 

यसमा तपाइको मत