नेकपाको सचिवालय बैठकमा पार्टीको तल्ला तहको एकिकरणबारे छलफल


काठमाडौं, असोज २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीको तल्ला तहको एकिकरणबारे छलफल भएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि र तल्लो तहको एकीकरण प्रक्रियाबारे छलफल भएको नेकपाले जनाएको छ ।

यसअघि हिजो दिउँसोका लागि तय भएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण स्थगित भएको थियो ।

बैठकले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेबारी बाँडफाँड गरेको थियो । दुई अध्यक्षले एकलौटी ढंगले जिम्मेबारी बाँडफाँड गरेको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाललगायतले सार्वजनिक रुपमा असन्तुष्टि पोख्दै आएका छन् ।

सरकार संचालनका विषयमा पनि पार्टी भित्र छलफल नभएको र जनस्तरमा आक्रोस बढेको भन्दै पार्टी स्थायी कमिटी सदस्यहरुले नै असन्तुष्टि जनाउदै आएका छन् ।

यसमा तपाइको मत