काठमाडौं–लुम्बिनी पर्यटकीय बस सञ्चालनमा


काठमाडौं, असोज २२ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर आजदेखि काठमाडौदेखि लुम्बिनीसम्म पर्यटकिय बस सञ्चालनमा आएको छ ।

ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँ सुनौली हुँदै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको प्रालिले जनाएको छ ।

काठमाडौँ गौशालाबाट हरेक दिन बिहान साढे ६  बजे लुम्बिनीका लागि छुट्ने बसको टिकट ट्राभल नेपाल अनलाइनमार्फत समेत लिन सकिने छ । त्यस्तै लुम्विनीबाट काठमाडौका लागि बिहान ७ बजे सातै दिन बस छुट्ने प्रालिले जनाएको छ । काठमाडौ–लुम्बिनी भाडादर ११ सय रुपैयाँ तोकिएको छ । 

यसमा तपाइको मत