इन्टरपोलका अध्यक्षलाई नियन्त्रणमा लिइएको चीन सरकारको पुष्टि


चीन सरकारले इन्टरपोलका अध्यक्ष मङ्ग होङवेलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको छ । केही दिन देखि वेपत्ता रहेक होङवेलाई भ्रष्टचार मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सरकारले पुष्टि गरेको हो ।

इन्टरपोल हेडक्वाटर रहेको फ्रान्सको लियोनबाट गएको २५ सेप्टेम्बरमा चीन पुगेका मङ्ग वेपत्ता भएपछि खोजी शुरु भएको थियो । इन्टरपोलले अफ्ना अध्यक्षको अवस्था तत्काल सार्वजनिक गर्न मग गरेपछि चीन सरकारले मङ्गको अवस्था सार्वजनिक गरेको हो ।

चीन झरेलगत्तै भ्रष्टाचारको आरोपमा समातिएका मङ्गले हिजै आफ्नो पदबाट राजीनमा दिएका छन । सन् २००४ मा इन्टरपोल चाइनको प्रमुख रहेका मङ्ग २०१६ नोभेम्बर १० मा इन्टरपोलको अध्यक्ष निर्वाचित भएका थिए ।

मङ्गको राजीनामा पछि बरिष्ठ उपाध्यक्ष दक्षिण कोरियाली नागरिक किम जोङ याङलाई कार्यवाहकको जम्मेबारी दिइएको छ । अर्को महिना दुबइमा हुने महासभाले मङ्गको बाँकी दुई वर्षे कार्यकालका लागि नयाँ अध्यक्ष चयन गर्ने इन्टरपोलले जनाएको छ । 

यसमा तपाइको मत