युथ ओलम्पिक अन्तर्गत जुडो र ब्याडमिन्टनमा नेपाली खेलाडीको हार


अर्जेन्टिनाको ब्युनर्स आयर्समा जारी तेस्रो युथ ओलम्पिकमा नेपाली खेलाडीद्वय सोनिया भट्ट र रुकेश महर्जन पराजित भएका छन् । जुडोको महिला ४४ केजी तौल समूह मुनी प्रतिस्पर्धा गरेकी सोनियाले दुवै खेलमा पराजय ब्यहोरिन ।

अन्तिम १६ मा क्रोएसियाका अना भिक्टोरियासँग पराजित भएकी सोनिया रिपेचेमा बुल्गेरियाका जर्जिएभा अलेस्कासँग पराजित भइन् । यस्तै पुरुष ब्याड्मिन्टन सिंगल्समा प्रतिस्पर्धा गरेका रुकेश समूह ए को पहिलो खेलमा सिंगापुरका जिया बि जोइल कोहसँग २–० ले पराजित भए ।

अब उनले थाइल्याण्ड र कम्बोडियाका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै नेपालबाट सहभागिता जनाएका अर्का खेलाडी लुजा अमात्यले एथ्लेटिक्समा प्रतिस्पर्धा गर्नेछिन् । 

यसमा तपाइको मत